काठमाडौं । अर्थतन्त्र सुस्त अवस्थमा रहेको र चरम आर्थिक तरताकाबीचमा पनि बाणिज्य बैंकहरुको अवस्था भने आशालाग्दै देखिन्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकहरुले ३० अर्ब बढी नाफा कमाएका छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले पुस मसान्तसम्म ३० अर्ब ५९ करोड ३९ लाख ७ हजार नाफा कमाएका हुन्। जुन गत आर्थिक वर्षको तुलनामा ११.५१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको यही अवधिमा वाणिज्य बैंकको नाफा ...
काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । आज सुन प्रतितोला २० हजार ५ सय र चाँदी प्रतितोला २०५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु सात हजार ५०५ कायम भएको छ । बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको थियो । यस...
काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को पुस महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले साढे २३ अर्ब बढी कुल बीमा शुल्क संकलन गरेका छन्। बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङ्कअनुसार कम्पनीहरुले २३ अर्ब ६७ करोड ६२ लाख कुल बीमा शुल्क संकलन गरेका हुन्। कम्पनीहरुले १४ लाख १९ हजार ५४८ वटा बीमा पोलिसी जारी गरेको प्राधिकरणको तथ्यांक छ। पुस मसान्तसम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले बीमा शुल्क संकलन गरेको छ...