काठमाडौं । लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यका भित्रिनेको संख्या बढेसँगै संक्रमण पनि बढेको छ । शनिवार थपिएका ३३१ जना संक्रमित मध्ये ८ जना उपत्यका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकामा थपिएका ८ जनामा भक्तपुरका ७ जना महिला र काठमाडौंमा एक जना महिला रहेका छन् । आज डिस्चार्ज हुने १७६ जना सहित नेपालमा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या १५७८ पुगेकोछ ।