३० गते विश्व बालश्रमविरूद्ध दिवस । ३२ गते विश्व रक्तदाता दिवस । १ गते संक्रान्ति ।
मेष : सामाजिक दुरी कायम गर्न सक्दा सबैको कल्याण हुनेछ । समाजमा अफबाप फैलाउनेप्रति सजक रहनुहोला । बन्न लागेका कार्यहरु ओझेलमा पर्नेछन विवेक तथा धैर्यता पूर्वक निर्णय गर्दा उपयुक्त होला । साताको अन्त्यमा खानपान तथा स्वास्थप्रति सजकता अपनाउनुहोला ।
वृष : सामाजिक सञ्जालबाट मन भित्राका भावना आदनप्रदा गरिनेछ ,विचार पुर्याएर निर्णय गनुहोला । ज्येष्ठ व्यक्तिको सुझाव संकलन गरि अघि बडे आफु सुरक्षित भइनेछ । साताको अन्त्यमा सानातिना घरायशी काममा अल्झिएर महत्वपुर्ण कार्य छुट्न सक्छन सचेत रहुपर्नेछ ।
मिथुन : होश नपुर्याइ निर्णय गर्दा ससाना कुराहरुमा आलोचित हुनु पर्नेछ । आफनो नामबाट अरुले फाइदा उठाउन सक्छन । दैनिक कार्यहरु ओझेलमा पर्दा आर्थिक अभाव सिर्जना हुन सक्छ । सोमबार देखी शुभ चिन्तकहरुको साथ र विद्धवानहरुको सहयोग जुट्नेछ ।
कर्कट : आफुले चालेका महत्वपूर्ण कार्यहरु ओझेलमा पर्नाले मनमा चोट पर्न सक्छ । सामाजीक तथा परोपकारी क्षेत्रमा धन खर्च गरिनेछ । सेता रंगको प्रयोगले निराशा उत्साहमा परिणत हुनेछ । साताको अन्त्यमा अन्नदान गर्न सके तनावबाट पूर्ण मुक्त भइनेछ ।
सिंह : इष्र्या गर्नेरु पछि लागेको अवस्था छ भविष्यको लागि विशेष कार्यमा जग बसाउने सकिनेछ । धैर्य पूर्वक सुर्य देवको आरधना गर्न सके सम्पुर्ण बाधाहरु स्वतः निमुल हुनेछ । पारिवारिक वादविवादबाट टाडा रहदाँ नै आफनो कल्याण हुनेछ ।साथीभाइ तथा आफन्तबिच
कन्या : टाडाको साथीको सुझावलाई अनुशरण गर्दा आथिक संकट टार्न सकिनेछ । सहयोगिका प्रस्तापहरुलाई स्वीकार्दा फाइदा नै हुनेछ । नसोचेको विषयले फजुल खर्च गराउनेछ । विपरित लिङ्गी साथीलाई बचन दिदाँ संयम अपनाउनुहोला । नौला स्थानको भ्रमण गर्दा स्वास्थप्रति बिशेष ध्यान दिनुपर्नेछ ।
तुला : कामको सही मुल्यांकन हुनुका साथै आकस्मिक धन लाभ हुन सक्छ । स्वास्थमा आएको समस्याले मनमा नैराश्याता उत्पन्न गराउला । साताको अन्त्यमा स्वास्थमा सुधार भइ बोलिका प्रभावले महत्वपुर्ण कार्य सम्पन्न हुनेछन । साताको अन्त्यमा पुरुषार्थले अप्ठ्यारा समस्या सुल्झाउदै प्रतिष्ठा दिलाउन सक्छ ।
वृश्चिक : प्रेम जीवनमा अल्झन देखा परे पनि साताको मध्यबट पुन रतिरागको भावना साटासाट हुनेछ । परोपकारी भावनाले गरिएका सामाजिक प्रयासहरुले चौतर्फी प्रतिष्ठा बढाउनेछ । अरुका लागि समय धन तथा वुद्धि खर्चनु पर्नेछ । गणेश भगवानको आराधना गर्न सके मन विचल्लीत हुने छैन ।
धनु : कृषि तथा पशु व्यवसायमा लगानी गर्दा खेर्र जाने छैन । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । पेट सम्बन्धी वेदनाले खर्च गराउला । सकेसम्म कम बोल्दा आफनो हितमा हुनेछ । साताकोे अन्त्यमा आर्थिक समस्याले सताउन सक्छ ।
मकर : समाजिक सञ्जालमा आफुले गरेका कार्यले चर्चा बटुल्नेछ । भेट्न आउने मित्रसँग सावधानी अपनाए वेशै होला ।सहयोगीको भुमिका निर्वाह गर्दा आफनो परिचय चर्चित बनाउन सकिनेछ । बोलिमा थप प्रभाव पार्न सेतो रंगको अनुशरण लाभदायक मानिनेछ ।
कुम्भ : तत्काललाई समस्या देखिए पनि निरन्तरको प्रयासले सहि मार्ग पहिल्याउन सकिनेछ । प्रतिकुल परिस्थितिमा शुभचिन्तकहरु कमै हुनेछन भने फाइदा उठाउनेहरु प्रशस्त भेटिनेछन । काम देखाएर धेरैको प्रशंसा बटुल्न केहि समय लाग्नेछ ।
मीन : देखासिकी गर्नेहरु भित्रभित्रै डाह गर्न थाल्नेछन । सोच विचार नगरी आर्थिक सहयोग गर्ने बचन दिदाँ प्रतिकुल परिस्थिति आइलाग्न सक्छ । हरिया रंगहरु अवलम्बन गर्न सके चुनौति सामना गर्न सहज हुनेछ । नयाँ कार्य क्षेत्रहरु पहिचान गरी सफलता समेत हात पारिनेछ ।