free website hit counter

वैशाख १९ गतेदेखि २५ गतेसम्म

beemaadmin
२०७७ बैशाख १९, शुक्रबार

वैशाख १९ गते विश्व मजदुर दिवस । वैशाख २२ गते मोहिनी एकादशी । वैशाख २५ गते चण्डी पूर्णिमा, बुद्ध जयन्ती ।

मेष : आत्माबल बढेता पनि समयले साथ नदिदाँ पछि परिनेछ । मनोरञ्जन तथा रशास्वाद गर्न केहि समय कुर्नु पर्नेछ । रातो रंगको प्रयोग गर्न सक्दा मानसिक तनाब कम हुनेछ । धार्मिक तथा अध्यात्मतर्फ मन ढल्किनेछ । समस्याको गाँठो मंगलबारदेखि क्रमश फुक्दै जादाँ प्रफुलित भइनेछ ।

वृष : यो साता योजनाहरु आंशिक रुपमा कार्यान्वयन हुनेछ । मनको उत्साह भयमा परिणत हुदाँ, मानसिक दुर्बलता देखा पर्न सक्छ, योग ध्यान तथा शारिरिक व्यायाम गर्न सके फाइदा पुग्नेछ । साताको अन्त्यमा सञ्चार माध्यमको अनुशरण गरि नयाँ योजना बनाइनेछ ।

मिथुन : सामाजिक तवरबाट महत्वपुर्ण जिम्मेवारी आउन सक्छ ।अध्ययनको दायरा बढाउन सके फाइदा पुग्नेछ । पारिवारिक सल्लाहबिच तय भएको मंगलिक कार्यको तिथि मिति धक्लिनेछ ।हरियो रंगको प्रयोगले निराशा उत्साहमा परिणत हुनेछ भनेसाताको अन्त्यमा अन्नदान गर्न सके तनावबाट पूर्ण मुक्त भइनेछ ।

कर्कट : सामाजीक तथा परोपकारी क्षेत्रमा धन खर्च गरिनेछ । आफुले चालेका महत्वपूर्ण कार्यहरु ओझेलमा पर्नाले मनमा चोट पर्न सक्छ ।स्वास्थप्रति हेक्का राख्नुहोला । समस्या दर्साउँदा शुभचिन्तहरुले साथ दिनेछन । यो साता लामा तथा छोटा दुरिका यात्रा नगर्दा नै आफु सुरक्षित भइनेछ ।

सिंह : अर्कालाई भलाइ हुने कार्य गरेर धेरैको मन जित्न सकिनेछ ।प्रतिष्ठा जोगाउन अरुका लागि समय धन तथा वुद्धि खर्चनु पर्नेछ ।कार्य सम्पन्न नहुदाँ मानसिक तनाव सिर्जना हुन सक्छ ।सामाजिक सञ्जाल मार्फत प्रेम प्रस्ताव आउन सक्छ, हेक्का राखी निर्णय गर्नुहोला ।

कन्या : हितैषिसगँ सुझाव संकलन गरि अघि बडे आफु सुरक्षित भइनेछ ।शारिरिक व्यायाम तथा ध्यान गर्नले जीवनशौलीमा परिर्वतन ल्याउन सक्छ। प्रशंसा गर्नेहरुले आलोचना गर्न सक्छन, कम बोल्दा आफु सुरक्षित भइनेछ ।कार्य सम्पन्न नहुदाँ थप आर्थिक संकटको भार व्यहोर्नु पर्नेछ ।

तुला : साथीभाइ तथा आफन्तबिच सामाजिक दुरी कायम गर्न सक्दा सबैको कल्याण हुनेछ । बाहिरी वातावरणमा घुलमिल नहुदाँ नै आफनो कल्याण हुनेछ ।सोच विचार नगरी अरुलाई बचन दिदाँ प्रतिकुल परिस्थिति आइलाग्न सक्छ । साताको अन्त्यमा खानपान तथा स्वास्थप्रति सजकता अपनाउनुहोला ।

वृश्चिक : अध्यात्मिक चिन्तनले समाजसेवातर्फ अभिप्रेरणा जगाउन सक्छ । अरुको मन जित्नाले सजिलै सहयोग जुटनेछ । घरायशी व्यवहारका काम गर्दा विशेष होस पुर्याउनु पर्नेछ । अध्ययन अध्यापनमा ध्यान केन्द्रित भएता पनि साताको अन्त्यमा भविष्यको चिन्ताले सताउन सक्छ ।

धनु : प्रतिकुल अवस्थामा पूर्वयोजना कार्यान्वयन नगर्दा नै उपयुक्त हुनेछ ।सामाजीक उत्सव तथा भेटघाटमा सरिक नहुदाँ नै आफनो कल्याण हुनेछ । विश्वास पात्रलाई वचन दिदा संयम अपनाउनु होला । काम देखाएर धेरैको प्रशंसा बटुल्न सकिनेछ ।समय अनुरुप स्वास्थको विशेष ख्याल गनुपर्नेछ ।

मकर : यो साता इष्ट मित्रबाट टाढै रहदाँ लाभ हुने देखिन्छ । आर्थिक सन्तुलन गडबड हुदाँ प्रशंशा गर्नेहरु भित्रभित्रै आलोचना गर्न थाल्नेछन, बोलिको मघुरताले बिग्रन लागेका सम्बन्धलाई मलम लगाउन सहयोग गर्नेछ । खानपानको फेरबदल भै शारिरीक दुर्वलता देखा पर्न सक्छ ।

कुम्भ : आफन्तजनले आर्थिक संकटमा पार्ने सम्भावना छ, कारोबार गर्दा सावधानी अपनाउनुहोला । धर्म तथा परोपकारी कार्यमा रुची बढाउदाँ आफु उचाइमा पुगिनेछ । बाहिरी यात्रामा सचेतता अपनाउनु होला । विशेष व्यक्तिको सहयोग प्राप्त भै झिनामसिना समस्याको गाँठो फुक्नेछ ।

मीन : सोचेको लक्ष्य प्राप्त गर्न थप मेहनतको जरुरी पर्नेछ ।सामाजीक संध संस्थामा सेवा गर्दा सके सम्म कम बोल्नु आफनो हितमा हुन्छ । नसोचेको विषयले फजुल खर्च गराउनेछ । पेट सम्बन्धि समस्याले समान्य पिरोल्न सक्छ,सातको अन्त्यमा स्वास्थमा बिशेष ध्यान पुर्याउनुहोला ।

सम्बन्धित समाचार

श्रावण २८ देखि भाद्र २ गते सम्म

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

श्रावण १२ देखि १८ गतेसम्म

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

असार ३० देखि श्रावण ६ गतेसम्म

beemaadmin
२०७८ असार ३०, बुधबार