१५ गते उधौली पर्व , धान्यपुर्णिमा , तमु ल्होसार , योमरी पुन्हि । १७ गते सन् २०२१ प्रारम्भ ।
मेष : व्यवसायिक क्षेत्रमा सुधारको लक्षण देखा पर्नेछ । प्रातः कालिन भ्रमण तथा योगले मानसिक तनावबाट छुटकारा दिलाउनेछ । व्यक्तिगत क्षमताबाट झिनामसिना बाहिरी समस्यालाई परास्त गर्न सकिनेछ । अपरिचित व्यक्तिबाट प्रेम प्रस्ताव राख्नेहरुसगँ समयमै सचेत रहदाँ आफनो कल्याण हुनेछ । साथीभाइको सहयोगले ओझेलमा परेका कामहरुको गाठो फुक्नेछ ।
वृष : तत्काल देखिएको आर्थिक अभावलाई निराकरण गर्न अभिभावबाट सहयोग लिनु होला । विदेशि पाहुनासगँ भलाकुसारी गर्दै आन्नद लिन पाइनेछ । छोटो समयमा परिचित इष्ट , मित्रलाई विश्वास गर्नाले धोका हुन सक्छ । खराव आचरण भएकाहरुले पिछा गर्न सक्छन । जिद्दि गर्ने स्वभावले पछि परिनेछ ।
मिथुन : टाढिएका मित्रहरु विश्वासमा परिणत हुदै प्रशंसा समेत गर्नेछन । यात्राले आकस्मिक लाभ दिलाउने सम्भावना छ । सानै मेहनतले प्रतिस्पर्धीहरुलाई उछिन्दा महत्वपूर्ण जिम्मेवारी हात पर्न सक्छ । हरिया रंगको प्रभाव तथा बोलिको मधुरताले पछि परेका कार्यहरु पुनः सुचारु हुनेछन ।
कर्कट : प्रेम जीवनमा खटपट पर्न सक्छ हितैषीहरुको सहयोगले समस्या निराकरण गर्न सकिनेछ । मेहनत गर्न सके विविध अवसरहरु हात लाग्नेछन । आफनो नामबाट अरुले फाइदा उठाउन सक्छन , सर्तकता अपनाउनुहोला । साताको अन्त्यमा यात्रा गर्ने अवसर जुटन सक्छ ।
सिंह : आफनो प्रखरता एवं प्रभावशाली कार्यले उचित स्थान पाउनेछ । तपाईको उन्नती देखेर इष्र्या गर्नेहरु छटपटाउनेछन । कार्य सम्पन्न गर्न बिलम्व भएता पनि सहि मार्ग पहिल्याउन सकिनेछ । परिश्रमले परिणममुखी कार्य सम्पन्न गर्न सकिनेछ । माङ्गगलिक कार्यको निमन्त्राणमा सहभागी हुदैँ धन खर्चिनु पर्नेछ ।
कन्या : मौसम अनुरुप फेसन तथा महङ्गा वस्त्रमा धन खर्च हुनसक्छ । प्रेम प्रेमिकाले नयाँ चाहना व्यक्त गर्न सक्छन उक्त भनाइ शिरोधार्य गर्नुमा नै आफनो कल्याण हुनेछ । खानपान तथा मनोरञ्जनमा संयम रहनु नै उपयुक्त हुनेछ । साताको अन्त्यमा लामो तथा छोटा दुरीको यात्राको योग जुर्न सक्छ ।
तुला : तपाईको प्रस्तावलाई सहयोगीहरुले सकरात्मक रुपमा लिनेछन । मन पराउनेलाई पहेलो धातु उपहार दिन उत्सुक भइनेछ । यो साता भोजभतेरमा सहभागी हुदाँ विशिष्ट मित्रहरुसगँ परिचित हुने मौका जुर्न सक्छ । परिवारसगँको भ्रमणले मन हर्षित पार्नेछ । तिव्र गतिमा सवारी साधन चलाउदाँ संयमता अपनाउनुहोला ।
वृश्चिक : अवसरको खोजी गर्ने क्रममा जटिल समस्याहरु देखा परेता पनि परास्त गर्न सकिनेछ जसले धेरैको प्रशंसा बटुल्न सकिनेछ । राता रंगका पहिरनले सफलता नजिक पुर्याउन उर्जा दिनेछ । आक्समिक निमन्त्रणमा सहभागी ढिलासुस्ती गर्दा पछि परिनेछ । रात्रि अवेर सम्मको यात्राले बेफाइदा हुनेछ ।
धनु : सोच बिचार नगरी गरिएको निर्णयले उल्टो परिणम दिनेछ । धार्मिक कार्यमा सहभागी हुदै पूण्य आर्जन तर्फ आकर्षित भइनेछ । पुराना कार्यको प्रतिफल आइलाग्दा मन रमाउनेछ । भौतिक साधन खरिद गर्न पारिवारिक मत्त मिल्नेछ । सप्ताहन्तमा घुमघुाम तथा मनोरञ्जनमा समय खर्चिनु पर्नेछ ।
मकर : जुतिm बुद्धिको सहायताले अधिकार एवं प्रतिष्ठा जोगाउन सकिनेछ । उपहार तथा नगद प्रदान गर्नेहरुबाट टाडै रहनुहोला । गल्त मनसाय भएकाहरु पिछा लाग्न सक्छन । मित्र वर्गले बचनअनुरुप समयमै आर्थिक सहयोग नगर्दा संकट बेहोर्नुपर्ला । साताको अन्त्यमा यात्रा हुने सम्भावना छ ।
कुम्भ : आफनै बलबुतामा आइलागेका जटिल परिस्थितिको सामाना गर्नुपर्नेछ । पे्रमको नाटक गर्नेहरुले जाल रची झुक्याउन सक्छन । कसैको साथ खोज्नु आफनो हितमा हुनेछैन । झिनामसिना कार्यमा अल्झिदाँ महत्वपूर्ण समय र व्यापार व्यवसायमा समेत असर पुग्नसक्छ कार्यवेस्ततालाई सावधानीका साथ व्यवस्थापन गर्न सके उचाइमा पुग्निेछ ।
मीन : अध्ययनको निम्ति विदेशी अवसरहरु आइलाग्ने सम्भावना छ , शिघ्र निर्णय नगर्दा सुरक्षीत भईनेछ । स–साना त्रुटिलाई नसच्याउदाँ प्रेमिका टाडिन सक्छिन , भित्रि मनसाय बुझी व्यबहार गर्नुहोला । खानपानको समय तालिका फेरबदल हुदाँ स्वास्थ समस्याले सताउन सक्छ । मङ्गलबार पछिका दिनहरुमा प्रेरणादायक कार्य सम्पन्न हुनेछ ।