काठमाडौं । एकै पटक ठूलो संख्यामा कोरोना संक्रमित भेटिएको उदयपुरको मस्जिदमा रहेका भारतीय नागरिकलाई विराटनगरको कोरोना विशेष अस्पतालमा पुर्याइएको छ । शुक्रबार राति कोरोना संक्रमित १२ जना र उनीहरु सँगै रहेका चार जनालाई पनि एम्बुलेन्समा राखेर विराटनगर पुर्याइएको हो । संक्रमितहरुलाई कोशी अस्पतालको कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको छ भने संक्रमितहरु सँगै रहेका चार जनालाई मोरङको टाँडीमा सञ्चालित क्वारेन्टाइनस्थलमा पठाइएको बताइएको छ ।
उनीहरुको काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमण पुष्टि भएको थियो ।