free website hit counter

बीमामा किन बढ्दैछ अपराध ?

beemaadmin
२०८० चैत्र २५, आईतवार
  • नुरराज कँडेल

जीवन र सम्पत्तिको जोखिम हस्तान्तरण गर्ने माध्यम बीमा हो । बीमा गरेर आर्थिक जोखिम हस्तान्तरण गर्न सकिन्छ । तर आजभोलि पैसाकै लागि यही व्यवसायलाई हतियार बनाएर अघि बढेका छन् । पछिल्ला दिनमा बीमा दाबी भुक्तानीका लागि भएका अपराधका घटनाले यस क्षेत्रभित्र ठूलै समस्या सिर्जना गरेको छ ।

फर्जि भुक्तानी रोक्न
कुनै पनि दुर्घटना हुँदा सुरक्षा निकायले सर्वप्रथम सोध्ने प्रश्न भनेको तपाईंको बीमा छ ? गाडीको बीमा छ ? यदि छ भने अन्धाधुन्द प्रहरी रिपोर्ट बनाइदिन्छन् ता कि त्यो नियतवस होस् वा अन्जानमा होस् । हाल आएर कतिपय घटनाहरु प्रायोजित रुपमा गराइ बीमाबाट क्षतिपूर्ति लिने गरिन्छ । तर यो सरासर ठगी हो र यस्तो ठगि रोक्नलाई सुरक्षा निकायमा बीमा सम्बन्धी जनचेतना हुन जरुरी छ र अपराध कम गराइ आफ्नो जिम्मवारी पूरा गर्नु पर्दछ । यसले फर्जि दाबी भुक्तानी रोक्दछ ।

बीमाको गलत बिक्री रोक्न
बीमा गलत बिक्री भनेको बीमायोग्य हित नभएको व्यक्ति, संस्थाको बीमा गर्नु हो । यो भनेको बीमकको हित विपरित हुन्छ । बीमाको चेतना सर्वत्र फैलाउन सकेमा बीमायोग्य हित भनेको के हो ? गलत बिक्री भनेको के हो ? जोखिमाङ्कन कसरी गर्ने भन्ने थाहा भई बीमाको गलत बिक्री रोक्न सकिन्छ ।

बीमकको आर्थिक जोखिम कम गर्न
जब अग्र पंक्तिका सुरक्षाकर्मीूहरुलाई बीमा सम्बन्धी जानकारी हुन्छ तब घटनाको अन्धाधुन्द सिफारिश गर्दैनन् । बीमा भन्नासाथ कतैबाट झर्ने पैसा भनि ठानिन्थ्यो भने यो कम्पनी हो धेरै जनाको बीमाशुल्कबाट थोरै व्यक्तिलाई क्षतिपूर्ति दिने हो भन्ने जानकारी हुनु जरुरी छ । जसले गर्दा बीमकको आर्थिक जोखिम कम गर्दछ ।

याे पनि 

बीमा रकमकै लागि यति ठूलाे अपराध !

बीमित भएकै कारणले मृत्युवरण रोक्न
बीमित भएकै कारणले धेरै जनाले ज्यान गुमाइरहेका छन्, जसको ज्वलन्त उदाहरण भनेको सर्जन बीक काण्ड हो । छोराछोरीको हत्या गर्ने, श्रीमान–श्रीमतीको हत्या गर्ने, करेन्ट लगाएर मार्ने जस्ता काण्ड बीमा दाबीकै लागि भएका जघन्य अपराध हुन् । हेटौंडमा इच्छाइएको व्यक्तिको पनि बीमांक रकम हडप्ने काण्ड जसमा बुहारी सुस्मिता थापा मारिएकी थिइन् । बीमा भनेको जुवा होइन, सबैको बीमा हुन्छ भन्ने पनि छैन बीमा गर्दैमा गलत क्षतिपूर्ति पाइन्छ भन्ने पनि होइन । यस्ता विविध घटना र कारणले गर्दा विशेषगरी नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोलाई पनि बीमा सम्बन्धी जानकारी वा सु–सूचित गरेर बीमाको गलत बिक्री रोक्न सक्नु पर्दछ । यसमा नेपाल प्रहरीको सकारात्मक रोल प्ले गर्न सकेमा यस्ता घटनालाई न्युनिकरण गर्न सकिन्छ ।

दुर्घटनाको कारक तत्व पहिचान गरी गहन अध्ययन गर्नु सुरक्षा निकायको दायित्व हो । कतिपय घटनाहरुमा प्रहरीको फितलो अनुसन्धान देखिन्छ र बीमकले पटक पटक अनुरोध गरेर पुनः अनुसन्धान गर्दा अपराधिक क्रियाकलापबाट घटना घटाई गलत दाबी भुक्तानी भएको पुष्टि भएको छ । यसरी बीमा के हो ? किन गर्ने, कसले पाउने भन्ने बुझ्न र बुझाउन जरुरी हुन्छ । जसले गर्दा विविध प्रकारका अपराध कम गर्न मद्दत पुग्दछ । यस्ता घटना र ज्ञानले गर्दा सुरक्षाकर्मी पनि सक्षम भई बीमाको गलत दाबी भुक्तानी कम गर्न सकिन्छ ।

नेपाल बीमा प्राधिकरणले यस्ता प्रकारका घटनाहरुलाई गहन रुप्मा लिनु जरुरी छ । यसमा सरोकारवालाहरुलाई साथमा लिई बीमा जागरण अभियान चलाउनु पर्दछ । प्रदेश, क्षेत्र, शहर केन्द्रीत छिटफुट कार्यक्रम गरे पनि अब प्रत्येक प्रदेशमा सरोकारवाला सुरक्षा निकायमा पनि बीमा जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्न जरुरी छ । बीमाले आर्थिक सुरक्षा प्रदान गर्ने हो त्यसले अपराध निम्त्याउने हुँदैन । यसमा सबै निकायहरु सचेत र सजग हुनु जरुरी छ । त्यसैले प्रहरीको प्रदेश कार्याल, हेर्डक्वार्टर, सिआईबी प्रमुखहरुलाई यस सम्बन्धी जानकारी हुनु जरुरी छ भने फ्रन्टलाइनर प्रहरी, ट्राफिकहरुलाई पनि यस सम्बन्धी ज्ञान हुनै पर्दछ । जसले गर्दा समग्र बीमा उद्योगलाई आर्थिक संरक्षण पक्कै गर्दछ ।

याे पनि

बीमा रकम हत्याउन हिन्दी फिल्म बिर्साउने योजना, यसरी भयो पर्दाफास

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार