काठमाडौं । नेपाल बीमा प्राधिकरणले बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । प्राधिकरणले शिलबन्दी प्रस्ताव पेश गर्ने बारे एक सूचना जारी गर्दै यस्तो बताएको हो । प्राधिकरणसँग भएको बैंक मौज्दात लगानी नीति अनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्नुपर्ने भएकोले इच्छुक बैंकहरुले आफूले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी आजको ७ दिनभित्र सिलबन्दी दरभाउपत्र पेश गर्न आह्वा...
काठमाडौं । अध्यागमन विभागले भिजिट भिसामा विदेश जानेहरूका लागि सहज बनाएको छ । विभागले शुक्रबार पत्रकार सम्मेलन गरेर अब भिजिट भिसामा विदेश जानेलाई चारवटा कागजात बुझाए सहजरूपमा विदेश जान सकिने बताएको हो । भिजिट भिसामा विदेश जानेहरूले अब अध्यागमनमा कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी र सम्बन्धित देशको भिसा देखाउनुपर्नेछ । अन अराइभल भिसा प्राप्त हुने मुलुक भए भिसा देखाउन नपर्ने विभागले जनाएको छ । यस्...
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका लागि २ दिनको “सफलताको शुरुवात” कार्यक्रम पोखरस्थित होटल पोखरा ग्राण्डमा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८२ भाद्र महिनामा सञ्चालन गरेको मासिक योजनाअन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको चर्चित एवं बरिष्ठ कलाकार महानायक राजेश हमालको उत्प्रेरणात्मक बिचार तथा अनुभव शेयर गर्ने उदेश्यले कार्यक्र...