काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले भदौ २९ गतेदेखि निष्कासन गर्ने भनिएको पहिलो चरणको आईपीओ स्थगित भएको छ । कम्पनीले हालको देशको विषम परिस्थितिका कारण उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्ने भनिएको आईपीओ अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरेको हो । भदौ १७ गते कम्पनीले सेबोनबाट जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपियाँक...
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले भदौ २२ गतेदेखि लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयरमा बोलपत्र पेश गर्ने अवधि थप गरेको छ। इन्स्योरेन्सको लिलामी शेयरमा अब असोज ५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनगर गरी अवधि थप गरेको इन्स्योरेन्सले बताएको छ। इन्स्योरेन्सले गत असार २५ गतेदेखि साउन २० गतेसम्म १ बराबर ०।४२ अनुपातमा निष्काशन गरेक...
काठमाडौं । मुलुकको राजनीतिक परिस्थित सङ्लिने क्रममा रहेका बेला नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई आउने असोज २ गते बिहीबारसम्म शेयर कारोबार बन्द गर्न निर्देशन दिएको छ। अब शेयर कारोबार आउने असोज ५ गते आइतबार मात्रै खुल्ने छ। बोर्डेले आउने असोज २ गतेसम्म शेयर कारोबार बन्द गर्न हामीलाई निर्देशन दिएको छ। अब आउने ५ गते देखि मात्रै शेयर कारोबार हुने छ, नेप्सेका प्रवक्ता मुराहरि पराजुली...