काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शे...
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड निफ्राले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आव खुद नाफा १३.८६ प्रतिशतले घटेको छ। बैंकले अघिल्लो आवको असार मसान्तसम्म १ अर्ब ३२ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवमा घटेर १ अर्ब १४ करोड ५५ लाख रुपैयाँमा झरेको हो। खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ०.८६ रुपैयाँले घट्न पु...
काठमाडौं । नेपाल बीमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलले राजीनामा दिएकी छिन् । गत साता नै राजीनामा बुझाएकी उनको राजीनामा स्वीकृत भइसकेको बताइएको छ । उनको नियुक्ति बीमा प्राधिकरण नियमावलीविपरीत भएको भन्दै चौतर्फी आलोचना भएको थियो । तर, उनले स्वास्थ्यलाई कारण देखाउँदै बोर्डको बैठकमा समेत उपस्थित हुन नसकेपछि राजीनामा दिएको बताएकी हुन् । पोखरले गत चैत १ चार महिला सञ्चालकमा नियुक्त भएकी थिइन् ।...