काठमाडौं । अर्थतन्त्र चलायमान हुन नसक्दाको असर सबैतिर परिरहेका बेला जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८१–८२ को जेठ महिनासम्ममा १ खर्ब ५४ अर्ब ५ करोड ९२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार कम्पनीहरुले कुल १ करोड ३८ लाख ३६ हजार ३७५ वटा बीमा पोलिसी बिक्री गरी उक्त बीमाशुल्क संकलन गरेका हुन् । यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स...
काठमाडौं । बुंगल हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइतबार आईपीओ निष्कासनको अनुमति दिएको हो । अब कम्पनीले प्रतिकित्ता १०० रुपियाँका दरले २९ लाख ५ हजार कित्ता शेयर निष्कासन तथा बिक्री खुला गर्नेछ । आईपीओ बिक्री गरेपछि कम्पनीको चुक्ता पुँजी ८३ करोड रुपियाँ पुग्नेछ। हाल कम्पनीमा संस्थापक समूहको ५३ करोड ९५ लाख रुपियाँबराबरको लगानी रहेको छ ।...
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद शेयरमा असार १६ गते देखि आवेदन दिन सकिने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ४० करोड रुपियाँबराबरको १ः१ अनुपातमा प्रतिशेयर १०० अंकित दरका ४० लाख कित्ता हकप्रद निष्कासन गर्ने अनुमति पाएको थियो । हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले जेठ ५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ जेठ ४ गतेसम्म कायम शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । जसअनुसार हक...