काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा अबको एक साताभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले हाल कक्षा १० को परीक्षाको उत्तरपुस्तिका परीक्षण सम्पन्न भइसकेको र अब प्राप्ताङ्क इन्ट्री र विवरण रुजु गर्ने कार्य तीव्र गतिमा भइरहेको जानकारी दिएको छ। कार्यालयले असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य लिएको र सोही अनुसार गर...
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि लम्बिएको छ। कम्पनीले निष्काशन गरेको शतप्रतिशत हकप्रद शेयरमा अब असार २७ गतेसम्म आवेदन दिन सकिने भएको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकि...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कायममुकायम गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर बमबहादुर मिश्रलाई दिएका छन् । गभर्नर पौडेलले मंगलबार स्वीजरल्यान्ड प्रस्थान गरेकाले स्वदेश फिर्ता नहुन्जेलसम्म मिश्रलाई कामु गभर्नरको जिम्मेवारी दिएका हुन् । सिनियर डेपुटी गभर्नर डा।निलम ढुङ्गाना तिम्सिना बङ्गलादेश भ्रमणमा रहेकी छन् । गभर्नर पौडेल असार १९ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।...