काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले असार २५ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँको ४२ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ४।२ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ४२ लाख...
एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकी हवाई आक्रमणले इरानका मुख्य आणविक स्थलहरू ‘पूर्ण रूपमा नष्ट’ गरेको बताएका छन् । यो आक्रमणले वासिङ्टनलाई तेहरानसँगको इजरायलको युद्धमा सामेल गराएको छ र मध्यपूर्वका लागि यो एक महत्त्वपूर्ण क्षण बनेको छ । ह्वाइट हाउसबाट राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै ट्रम्पले इरानले चाँडै शान्ति कायम नगरे संयुक्त राज्य अमेरिकाले थप लक्ष्यहरू पछ्याउने चेतावनी ...
काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ५०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढे...