काठमाडौँ । नेपाल बीमा प्राधिकरणका नवनियुक्त निमित्त अध्यक्ष मदन दाहालले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै निमित्त अध्यक्ष मदन दाहालले बीमाको दायरा बृद्धि हुनेगरी बीमाको मुल्य मान्यता र सिद्धान्त अनुरुप अघि बढ्ने बताएका छन् । साथै कुनै पनि मानिसले हचुवाको भरमा सुनाएको कुरामा आफुले निर्णय नलिने बताएका छन् । दाहालले भने, मैले बीमा प्राधिकरणको बारेमा थुप्रै नकारात्मक कुराहरु सुनको छु। उनले भने...
काठमाण्डौ । केही वाणिज्य बैंकहरुको अभ्यासलाई हेर्ने हो भने निक्षेपको ब्याजदर भविष्यमा क्रमशः बढ्नसक्ने देखिएको छ ।
मंसिरको तुलनामा पुसमा निक्षेपको ब्याजदर घटाउने भन्दा बढाउने बैंकको संख्या बढी देखिएको हो । यसले ब्याजदरको बढ्दो प्रवृतितर्फ संकेत गरेको छ । मंसिरको तुलनामा पुसमा ब्याजदर बढाएर प्रकाशित गर्ने बैंकहरुमा प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक र एनएमबि बैंक रहेका छन्। घटाउनेमा चाहिँ नेपाल...
काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न नेपाल हाइड्रो डेभलोपर लिमिटेडले साधारण सभा बोलाएको छ। कम्पनीले पुस २५ गते, लिसारा रिसेप्सन्स, नक्साल, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।४२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष...