काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो । बैठकले आर्थिक वर्ष २०८०–८१ का ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांशको घोषणा गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण हुनेछ ।...
काठमाण्डौ । नेतृत्व अभावमा नेपाल धितोपत्र बोर्डमा अलपत्र परेका आइपीओ जारी गर्ने प्रस्तावका फाइल अब विस्तारै अघि बढ्ने भएका छन् । बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले विगत ११ महिनादेखि पाइपलाइनमै अलपत्र परेका दर्जनौं कम्पनीको प्राथमिक, थप र हकप्रद सेयर निश्कासनको प्रक्रिया चाँडै सुरु गरिने बताएका छन् ।
बिजशालासँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले आफूले दैनिकजसो विभिन्न विभागहरुबाट ब्रिफिंग लिने काम ग...
काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १७औँ वार्षिक साधारणसभाको मिति तय गरेको छ । कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा विराटनगरको बिग होटलमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०८०।८१ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हज...