काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले कायम चुक्ता पूँजीको ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। बैंकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र ५ प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कात्तिक २३ गते शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण ग...
काठमाडौं । तेह्रथुम पावर कम्पनीको नाफा ७२ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ४ करोड ६० लाख रुपैयाँ छ । कम्पनीले गत आवको यसै अवधिमा २ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो । विद्युत् बिक्री आम्दानी बढ्नु र वित्तीय लागत घट्दा नाफामा उच्च वृद्धि देखिएको हो । कम्पनीको विद्युत् बिक्री आमदानी पहिले ७ करोड रहेकोमा अहिले ८ करोड २७ लाख ...
काठमाण्डौ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरुलाई तत्काल साधारण सेयर आईपीओ जारी गर्न निर्देशन दिएको छ । प्राधिकरणले लघु बीमकहरुको चुक्तापुँजी बृद्धि गर्न कायम चुक्तापुँजीको ३० प्रतिशत आईपीओ निष्कासन गर्न निर्देशन दिएको हो । प्राधिकरणले लघुबीमा कम्पनीहरुलाई लाइसेन्स वितरण गर्दा चुक्तापुँजीको ३० प्रतिशत आईपीओ जारी गरी चुक्तापुँजी जुटाउन निर्देशन दिएको थियो । सोही बमोजिम नै प्राधि...