काठमाडौं । देशकै ठूलोमध्येको एक उद्योग रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई प्रिमियम मूल्यमा साधारण शेयर निष्काशन गर्न उच्च अदालतबाट पनि बाटो खुलेको छ । शेयर निष्काशनविरुद्ध परेको रिटमा आज अदालतले रिट नै खारेज गरिदिएको छ । यसअघि संसदीय समितिदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)सम्मले शेयर निष्काशन गर्न मार्ग प्रशस्त गरिदिएका थिए । हरिबहादुर केसीसहित चार वटा वकिलहरुले गत असार २५ गते ...
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी ११औँ वर्षमा प्रवेश गरेको छ । नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी स्थापनाको १० वर्ष पुरा गरी कात्तिक २१ गतेदेखि ११औँ वर्षमा प्रवेश गरेको हो । आकस्मिक बीमा कोषको उत्तराधिकारी संस्थाको रूपमा वि।सं २०७१ कात्तिक २१ गते नेपाल पुनर्बीमा कम्पनी स्थापना भएको हो । विदेशी मुद्रा भित्राउन यस कम्पनीको स्थापना भएको थियो । विश्वका ३ दर्जन बढी देशमा व्यवसायिक सम...
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले १०ः६.२५६ को अनुपातमा प्रतिशेयर १०० रुपियाँ अंकित मूल्यका दरले ९६ करोड ३१ लाख २२ हजार २२ रुपियाँबराबरको ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयर निष्कासन मंसिर ११ गतेदेखि खुला भई पुस १ गते बैंकिङ समयपछि बन्द हुने कम्पनीले जनाएको छ । कप्रद निष्काशन प्रयोजनार्थ कात्तिक २७ ...