काठमाडौं । दक्ष बीमा अभिकर्ताको अभावकै कारण बीमा पोलिसी छाड्नेको संख्या बढ्ने गरेको छ । क्षणिक लाभ हेरेर गरिएका बीमा पोलिसीले निरन्तरता पाउन सक्दैनन् । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा बिमा सरेन्डर बढेको छ। यो तीन महिनामा बिमितहरुले कुल ३ अर्ब ८२ करोड ४६ लाख रुपैयाँबराबरको २८ हजार ५७ वटा बिमालेख त्यागेका हुन्। यसरी बिमितले गत साउनमा १ अर्ब ५४ करोडबराबरको र भदौ महिनामा १ अर्ब २१ करोड रुपैयाँको ...
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ भर्ने १३ लाख ९७ हजार ३३० जनाको हात खाली हुने भएको छ । अन्तिम दिनसम्म १४ लाख ३२ हजार ४२० जनाले एफपीओमा आवेदन दिएका थिए । लघुवित्तले कात्तिक १२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमा २ अर्ब १३ करोड ८ लाख ५७ हजार रूपैयाँ बराबरको २ करोड १३ लाख ८ हजार ५७० कित्ता शेयर खरिदका लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले वार्षिक साधारण सभाको मिति र स्थान तय गरेको छ । बैंकको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले १८ औं साधारण सभा आह्वान गरेको हो । उक्त सभा मंसिर २७ गते काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा चुक्तापूँजीको ५.५० प्रतिशत बोनस सेयर र सोही हदसम्म जारी तथा चुक्तापूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । ...