काठमाडौं । सपोर्ट लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तको आइतबार बसेको सञ्चालक समितिले शेयरधनीहरुलाई १३.७७५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.७२५ प्रतिशत नगद गरी कुल १४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।...
काठमाडौं । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्याथमेटिकल साइन्सबीच बीमासम्बन्धी अनुसन्धान र दक्ष बीमाङ्कीय जनशक्ति उत्पादन गर्नेसम्बन्धी समझदारी भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्याथमेटिकल साइन्सका निर्देशक नवराज पौडेलले आइतबार समझदारीपत्रमा हस्ताक्षर गरे । बीमा सम्बन्धी अनुसन्धान र स्वदेशमा दक्ष बीमाङ्कीय जनशक्ति ...
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको चालु आर्थिक वर्षको दुई महिनाको वित्तीय रिपोर्ट सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको रिपोर्ट अनुसार नेप्सेमा सुचिकृत २० वटा वाणिज्य बैंकहरुले दुई महिनामा कूल १७ अर्ब ६९ करोड २० लाख रुपियाँ खुद नाफा कमाएका छन् । आर्थिक वर्षको पहिलो महिना साउनमा ९ अर्ब १७ करोड रुपियाँ नाफा कमाएका बैंकहरुले पछिल्लो महिना थप ८ अर्ब ५२ करोड रुपैयाँ नाफा क...