काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको दाबी भुक्तानीका लागि सरकारसँग पहल भइरहेको बताएका छन् । शुक्रबार लुम्बिनी प्रदेशको बुटवलमा उद्योग वाणिज्य सङ्घ, रुपन्देहीसँगको सहकार्यमा आयोजित बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् । बीमा कम्पनीहरूले बीमाको पुनर्बीमा गर्ने हुनाले सबै दाबी भुक्तानी गर्न बीमा कम्पनीहरू सक्षम हुन्छन्...
काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुको खुद नाफा ८७.३७ प्रतिशतले बढ्न पुगेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा अधिकांश लघुवित्तको मुनाफा उल्लेख्य वृद्धि भएको छ । गत आवको असार मसान्तसम्म समग्रमा लघुवित्त संस्थाहरुले ७ अर्ब ५९ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जुन यो अघिल्लो आवको तुलनामा ८७.३७ प्रतिशतले बढी हो । अघिल्लो आवमा लघुवित्त कम्पनीहरुको नाफा ४ अर्ब ५ करोड रुपैयाँ थियो । गत आवम...
काठमाडौं । नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई लाइसेन्स नवीकरण शुल्क वापत तिर्नुपर्ने रकम ४ किस्तामा बुझाउन सक्ने सुविधा दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ४ किस्तामा शुल्क तिर्ने सुविधा दिएको हो । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार पहिलोकिस्ता बाहेक दोस्रो, तेस्रो र चौथो किस्ताको रकममा भने १० प्रतिशत ब्याज लिने निर्णय...