काठमाडौँ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् । २०८१ भदौ ५ गतेदेखि लागू हुनेगरी शर्मा ४ वर्षका लागि लघुवित्तको सीईओ नियुक्त भएका हुन् । २०८१ भदौ २ गते बसेको लघुवित्त सञ्चालक समितिको १४७ औं बैठकले शर्मालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सीईओ शर्मा वगनासकाली–७, पाल्पाका हुन् । नयाँ प्रमुख कार्यकारी अधिकृ...
काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले उप प्रमुख कार्यकारी अधिकृतद्वयमा दिनेश अमात्य र खिलेन्द्र पौडेललाई नियुक्त गरेको छ । दिनेश अमात्यले मिति २०८१ श्रावण १ गते देखी र खिलेन्द्र पौडेलेले मिति २०८१ भाद्र ५ गते देखी उप प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन् । खिलेन्द्र पौडेल आई.एम.ई. लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदबाट बिदा भई आई.एम.ई. लाइफ इन्स्योरेन्स...
काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ८ सय रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । आइतबार एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भएर ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्यले आज फेरि अर्को नयाँ रेकर्ड बनाएको हो । मंगलबार भने छापावाल...