काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको खुद नाफा र बीमाशुल्क आर्जनमा प्रगति गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले १५ करोड ३६ लाख रुपियाँ नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १४५.४५ प्रतिशतले बढी हो । अघिल्लो आवमा ६ करोड २६ लाख रुपियाँ कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ६.३७ प्रतिशतले बढेर ९ अर्ब ४ करोड ८ लाख रुपियाँ पुगेको छ ।...
काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनी घाटामा गएको छ । कम्पनी यो अवधिसम्म ४६ करोड ९२ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २ करोड ६२ लाख रुपैयाँ नाफामा रहेको थियो । कम्पनी चौथो त्रैमाससम्म १ अर्ब ६३ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलन...
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ भने खुद नाफा घटेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ६ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.४७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक ...