काठमाण्डौ। आज लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड एलआईसीको वार्षिक साधारण सभा आयोजना हुँदैछ । जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २२ औं वार्षिक साधारण सभा डाकेको थियो । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई कुनै प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेकाले उक्त सभामा लाभांश सम्बन्धी कुनै पनि अजेण्डा प्रस्तुत गरिने छैन । सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत...
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आइपीओ स्वीकृति भएको छ । लगानीकर्ताहरुले न्युनतम ५० कित्ता शेयर भर्नका लागि ४१ हजार ४० रुपैयाँ जोहो गर्नुपर्ने भएको छ । बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन हुन लागेको हो । बुक बिल्डिङ विधि अनुसार आइपीओ निष्काशन हुँदा न्यूनतम ५० कित्ताको लागि आवेदन दिनुपर्छ भने शेयर बाँडफाँड गर्दा पनि एक आवेदकलाई न्यूनतम ५० कित्ता बाँडफाँड गर्नैपर्छ । रिलायन्स स्पिनिङ मिल्सले सर्वस...
काठमाडौं । एसईईको नतिजा भोलि बिहान सार्वजनिक गरिने भएको छ । माध्यमिक शिक्षा परीक्षाको नतिजा बिहीबार बिहान ९ बजेसम्म प्रकाशित हुने भएको हो। राष्ट्रिय परीक्षा बोर्ड बैठक अनुसार भोलि नतिजा प्रकाशित गर्ने निर्णय भएको हो ।आज नै एसईईको नतिजा सार्वजनिक गर्ने भनिएको भएतापनि प्राविधिक तयारी नपुगेको भन्दै भोलि नतिजा प्रकाशित गर्न लागिएको हो । भोलि बिहान ७ बजे राष्ट्रिय परीक्षा बोर्ड बैठक बस्नेछ । जसपश्चात ए...