नेको इन्स्योरेन्सले बढायो नाफा
beemaadmin
२०८० फाल्गुन १, मंगलवार
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६१ करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.१० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ५८ करोड ६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो। खुद बीमाशुल्कसँगै इन्स्योरेन्सको खुद नाफा पनि सामान्य बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा १५.२३ प्रत...