रिलायबल नेपाल लाइफको खुद नाफा बढ्यो
beemaadmin
२०८० माघ २३, मंगलवार
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले २३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २२ करोड रुपैयाँ नाफा कमाएको थियो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १.७४ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी २१.७८ प्रतिशत बढेको छ। त...