काठमाडौं । साउदी अरेबियाको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । दूतावास भवनमाथि दुई वटा ड्रोन प्रहार गरिएको त्यहाँको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । दूतावासले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा आक्रमणका कारण सामान्य आगलागी भएको र भवनमा आंशिक क्षति पुगेको उल्लेख गरिएको छ । मानवीय क्षतिको विवरण सार्वजनिक गरिएको छैन । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आक्रमणपछि ...
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले दाबी व्यवस्थापन प्रक्रियालाई थप वैज्ञानिक र प्रभावकारी बनाउन आवश्यक स्पष्टता दिएको छ। बोर्डले यसअघि यस विषयमा पत्राचार गरिसकेको उल्लेख गर्दै सोही आधारमा पुनः विस्तृत स्पष्टीकरणसहित निर्देशन जारी गरेको हो। बोर्डका अनुसार दाबी व्यवस्थापन कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन सेवाप्रदायक स्वास्थ्य संस्थाहरूले बीमा व्यवस्थापन सूचना प्रणालीमा दाबी प्रविष्ट गर्दा निश्चि...
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत फागुन २१ गते हुने मतदानका लागि उम्मेदवारहरूले प्रचारप्रसार गर्ने समय आज (सोमबार) रातिसम्म मात्र पाउने भएका छन्। सोही दिन फागुपूर्णिमा परेकाले केही उम्मेदवारले सार्वजनिक सभाभन्दा आन्तरिक रणनीति र छलफललाई प्राथमिकता दिएका छन्।
निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा निर्वाचन २०८२ का सन्दर्भमा आज राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ। मतदान हुनुअघि ४८ घण्टा...