काठमाडौं । चालु आर्थिक बर्ष २०८२–८३ मंसिर महिनामा घर जग्गा कारोबार बढेको देखिएको छ । चालु आर्थिक बर्षको अघिल्ला चार महिना साउन, भदौ, असोज र कात्तिकको तुलनामा मंसिरमा घरजग्गा कारोबार बढी देखिएको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार मंसिरमा देशभर ५१ हजार ६३२ वटा घर जग्गा कारोबार भएको छ । यो साउन, भदौ, असोज र कात्तिकको तुलनामा बढी हो । गत साउनमा यस्तो कारोबार संख्या ३१ हजार ६२१ वटा ...
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
घोषित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण...
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको हो । बैठकले आव २०८१–८२ को मुनाफाबाट चुक्तापूँजीको ६ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । लाभांश पारित गर्न कम्पनीले आगामी पुस २८ गते काठमाण्डौको बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा अपरान्ह २ बजेदेखि सभा आयोजना गर्ने न...