काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो । कम्पनीले आव २०८१–८२ का लागि १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०।५२६३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । लाभांश वितरणको प्रस्ताव पारित गर्न कम्पनीले पाँचौ वार्षिक साधारण सभा समेत डाकेको छ । ...
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्ड एण्ड बैंक्वेटमा बैंकको १९औं साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा सञ्चालक समितिको आव २०८१–८२ को वार्षिक प्रतिवेदन, एनएफआरएस बमोजिम तयार गरिएको वासलात, नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरण पारित भएको छ । साधारण सभाले गत आर्थिक वर्ष २०८१–८२...
काठमाण्डौ । चालु आवको पहिलो त्रैमाससम्ममा १४ जीवन बीमकले अभिकर्ता कमिसन शीर्षकमा ३ अर्ब ५९ करोड १४ लाख रुपैयाँ छुट्याएका छन । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा १०(५२ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म जीवन बीमकहरुले अभिकर्तालाई कमिसन बाँड्नका लागि ३ अर्ब २४ करोड ९६ लाख रुपैयाँ छुट्याएका थिए । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी बाहेकका सबै कम्पनीहरुको अभिकर्ता कमिशन खर्च बढेको देखिन्छ । ...