काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। लघुवित्तले जारी पूँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये पहिलो ...
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च बनेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो। आज सुनको मूल्य प्रतितोला एक हजार नौसय रुपैयाँ बढेर एक लाख ९८ हजार पाँचसय रुपैयाँ पुगेको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। त्यसयता घटेको सुनको मूल्य फेरि अहिलेसम्मकै उच्च बनेको हो। हिजो ...
काठमाडौं । वितरण प्रणालीबाट गत आव २०८१–८२ मा १३ अर्ब २६ करोड ३६ हजार रुपियाँ बराबरको बिजुली चुहावट तथा चोरी भएको देखिएको छ । नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त एक तथ्यांकले यस्तो देखाएको हो । गत आवमा वितरण प्रणालीमा कुल १२ अर्ब ६४ करोड ७८ लाख युनिट विद्युत् प्राप्ती भएको छ । त्यसमा खपत बिक्री भने ११ अर्ब २८ करोड ६४ लाख युनिट रहेको छ । त्योअनुसार वितरण प्रणालीबाट एक अर्ब ३६ करोड १४ लाख युनिट विद्य...