काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को ११ महिनामा वाणिज्य बैंकहरुको खुद नाफा पाँच प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको जेठ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । हाल नेपालमा २० वाणिज्य बैंक छन् । गत आवको पहिलो ११ महिनामा उनीहरुको खुद नाफा ५६ अर्ब ७९ करोड ४० लाख रुपियाँ थियो । चालु आवको ११ महिनामा भने ५३ अर्ब ९७ करोड ३४ लाख रुपियाँ खुद नाफा कमाएका छन् । गत आवभर भने ...
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराइने बताए । नेपालमा औषधि उपलब्ध नभएकाले उपचारका लागि विदेश जानुपर्ने बाध्यता हटाउन अन्तरराष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधि सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार पहिलो चरणको औषधि नेपाल ल्याइएको उनको भनाइ छ । यसअघि मन्त्री पौडेलले त्यस्ता औषधि प्राप्त गरेर सरका...
काठमाडौं । विकाश हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओ असार २९ गते बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २९ करोड ४२ लाख ७६ हजार रुपैयाँ बराबरको २९ लाख ४२ हजार ७६० कित्ता शेयर गत असार १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो शेयरमा कुल २१ लाख ...