काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस पहिलो साता ५ गतेदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्ने भएको छ। लघुवित्तले हाल कायम सर्वसाधारण समूहको हिस्सा १९।६८ प्रतिशतलाई, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत पुर्याउनका लागि एफपीओ निष्काशन गर्न लागको हो। लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपै...
काठमाडौं । व्यापारीक घरानाको इशारामा चलेका नेपाल बिमा प्राधिकरणको अध्यक्षमा सूर्यप्रसाद सिलवाल कार्यकाल सकिनै लाग्दा भ्रष्टाचार मुद्दामा तानिएका छन्। सरकारले २०७७ माघ २० गते चार वर्षे कार्यकालका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त गरेका सिलवालको कार्यकाल माघ १९ गते सकिँदै थियो। कार्यकाल सकिनु करिब २ महिना बाँकी छँदै उमेर लुकाएर कानुनविपरीत पदमा बसेको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा परेको हो। ...
काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडको पहिलो नेपाली सीईओको रुपमा गोरख राणा नियुक्त भएका छन् । स्थापना कालदेखि नै विदेशी सीईओ नियुक्त गर्दै आएको बैंकले पहिलोपटक नेपाली व्यक्तिलाई सीईओको जिम्मेवारी प्रदान गरेको हो । स्ट्याण्डर्ड चाटर्ड बैंकमा कार्यरत कर्मचारीहरु अन्य बैंकको सीईओ भएतापनि बैंकले आफ्नै कर्मचारीलाई भने अहिलेसम्म सीईओको जिम्मेवारी दिएको थिएन । बैंकमा कार्यरत शशी जोशी, परशुर...