काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले एक महिनामै साढे १८ अर्ब रुपैयाँ प्रिमियम भित्र्याएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमकहरुले साउन महिनामा १८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । बीमा कम्पनीहरुको यो व्यवसाय गत आवको तुलनामा ५.४५ प्रतिशत कम हो । गत आवको साउन महिनामा जीवन बीमा कम्पनीहरुले १९ अर्ब ६० करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए । गत आर्थिक वर्षको तुलनामा अधिकां...
काठमाडौं। नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दीपकराज जोशी नियुक्त भएका छन्। बोर्डको आज बसेको सञ्चालक समितिको बैठकले जोशीलाई आगामी चार वर्षका लागि सीइओमा नियुक्त गरेको बोर्डका वरिष्ठ निर्देशक तथा प्रवक्ता नन्दिनी लाहे थापाले जानकारी दिए। जोशी यसअघि पनि बोर्डको सीइओ भइसकेका छन्। उनले सन् २०१५–२०२० सम्म बोर्डको सीइओका रुपमा काम गरिसकेका छन्। यसअघि बोर्डको कार्यकारी प्रमुख छनोटका ल...
काठमाडौं। सरकारले दुग्ध विकास संस्थान (डिडिसी)लाई रु ६० करोड ऋण स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले दुग्ध किसानको बक्यौता रकम तिर्नका लागि सर्तसहित रु ६० करोड ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दूध किसानको बाँकी रकम दसैँअघि नै भुक्तानी गर्ने प्रतिबद्धता जनाउँदै आएका थिए। सोही अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा अर्थमन...