काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा नेपाल बैंकका प्रकाशकुमार अधिकारी नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिमा नेपाल बैंकको प्रतिनिधित्व हुने व्यवस्था भए बमोजिम उनी अर्को व्यवस्था नभएसम्मका लागि सञ्चालक सदस्य रहने भएका हुन् । सञ्चालक अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गरि पद बहाली समेत गरेका छन् । उनले बैशाख ११ गते नै कम्पनीको सञ्चालक समितिका अध्यक्षबाट सपथ लिएका हुन् ।...
काठमाडौं । नेपालमा केही गर्ने भन्दा पनि विदेशै गएर काम गर्ने संस्कारको विकास हुँदा गाउँघर युवाविहीन अवस्थामा पुगेका छन् । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वैदेशिक रोजगार बीमालेखबाट सवा २ अर्ब रुपैयाँबराबरको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १० वटा जीवन बीमा कम्पनीले यो ९ महिनामा वैदेशिक रोजगार बीमालेखबाट २ अर्ब २८ करोड ९६ लाख रुपैय...
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सो अवधिसम्म कम्पनीको खुद नाफा २९ करोड ५४ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३३.८९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले २२ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। कम्पनीले तेस्रो त्रैमाससम्म ६ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क...