धितोपत्र बोर्ड अध्यक्षका लागि दरखास्त आह्वान
beemaadmin
२०८० फाल्गुन १६, बुधबार
नेपाल धितोपत्र बोर्डले अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । धितोपत्र बोर्डले बुधबार एक सूचना जारी गरी अध्यक्ष पदको पूर्तिका लागि ‘धितोपत्र सम्बन्धी ऐन, २०६३’को दफा ७ बमोजिम सिफारिस गर्ने प्रयोजनको लागि गठित समितिले खुल्ला प्रतियोगिताद्वारा दरखास्त आह्वान गरेको हो । योग्य नेपाली नागरिकले ५ हजार दस्तुर तिरेर फागुन ३० गतेभित्र अर्थात आगामी १५ दिनसम्म आवेदन दिन सक्नेछन् । पुस २२ गतेदेखि बोर्ड अध...