काठमाडाैं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिनसमेत बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।
केन्द्रीय बैंकले जारी गरेको निर्देशनअनुसार होली पर्व तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन, अर्थात् फागुन २१ गते बिहीबार, बैंक तथा वित्तीय संस्थाका कार्यालयहरू खुला राख्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ।
सरकारी कारोबारका लागि तोकिएका वाणिज्य बैंकहरूले भुक्तानी सेवा र...
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । फागुन १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो । बैठकले आर्थिक वर्ष २०८१–८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ९।५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । यस्तै बैठकले लाभांशसहितको वि...
काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को साउनदेखि माघसम्ममा ५९ हजार ६७२ बीमितले ६ अर्ब ९५ करोड १७ लाख रुपैयाँ पोलिसी सरेण्डर अर्थात् बीमालेख समर्पण गरेका छन् । सात महिनामा भएको पोलिसी सरेण्डर रकम गत आवको सोही अवधिको तुलनामा ४।५६ प्रतिशतले घटेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवको यही अवधिमा ६२ हजार ५२३ बीमितले ८ अर्ब ५८ करोड २ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर गरेका थिए...