काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बोनस शेयरबापतको कर तिर्न आग्रह गरेको छ । कम्पनीको २०८१ फागुन ११ गतेको साधारणसभाले शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही शेयर बापतको कर जम्मा गर्न कम्पनीले आग्रह गरेको हो । उक्त बोनस शेयर माघ २४ गतेसम्म कायम शेयरधनीले प्राप्त गर्नेछन् । तर कर तिरेपछि मात्रै बोनस शेयर शेयरधनीको डिम्याट खातामा पठाइने कम्पनीले जनाएको...
काठमाडौं । नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.६७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ अर्ब ५३ ...
काठमाडौं । ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि प्राथमिक साधारण शेयर अर्थात आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता ...