काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कात्तिक १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकको स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा नगद लाभांश वितरण ...
काठमाडौं । कात्तिक १४ गते बुधबार, सुनको भाउ पुनः ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले बढेको हो । तिहारको समयमा सुन र चाँदीको खरिद बिक्री बढ्ने गर्दछ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुन प्रतितोला एक लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । उक्त मूल्य नै हालसम्मकै उच्च हो । मंगलबार छापावाला सुन प्रतितोला एक लाख ६८ हजार ५०० रुपै...
काठमाडौं । सबैजसो आर्थिक क्षेत्र सुस्त देखिएका बेला चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूले ४१ अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन् । चालु आवको ३ महिनामा जीवन बीमकले ४१ अर्ब ३० करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । यसरी बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ अग्रस्थानमा रहेको छ । नेपाल लाइफले ११ अर्ब ९९ करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा नेशनल लाइफ र लाइफ इन्स्योरेन्...