काठमाडौं — टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आजदेखि दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको थियो।
कम्पनीले सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता साधारण सेयर निष्कासन गरेको हो। कम्पनीको जार...
काठमाडौं — सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा भएको बचत रकम आगामी जेठ महिनाको पहिलो सातादेखि फिर्ता गर्ने तयारी गरेको छ। वैशाख ९ गतेदेखि कार्य सुरु गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी तथा बचतकर्ताको आवश्यक विवरण संकलन गरिसकेको र अब रकम फिर्ता प्रक्रिया अघि बढाउने जनाएको छ।
समितिका अनुसार करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ। तीमध्ये अधिकांश साना...
काठमाडौं — व्यवसायी शेखर गोल्छाको म्याद थप्न अदालतले अस्वीकार गरेको छ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका गोल्छालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो। न्यायाधीश मोना सिंहको इजलासले उनको म्याद थप नगर्ने निर्णय गरेको हो।
गोल्छा दुई फरक कसुर—धितोपत्र र बीमासम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका थिए। तीमध्ये धितोपत्र सम्बन्धी मुद्दामा मात्रै सर्व...