काठमाडौं । सुनको मूल्य दिनदिनै जसो आफ्नै रेकर्ड ब्रेक गर्दै अघि बढेको छ । नेपाली बजारमा ०७५ सालको बैशाख महिनामा प्रतितोला ५८ हजार रहेको सुनको मूल्य २०८१ को बैशाख महिनाको पहिलो हप्तासम्म आइपुग्दा १ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । ६ वर्षको अन्तरालमा सुनको मूल्य ८१ हजारले वृद्धि भएको देखिन्छ । २०७६ बैशाखमा प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको तथ्यांक छ । २०७९ को बैशाखसम्म आइपु...
काठमाडौं । विश्वमा सबैभन्दा सुरक्षित लगानी सुनलाई मानिँदै आएको छ । विश्वमा सबैभन्दा धेरै सुन भण्डार गर्ने देशको पहिलो नम्बरमा अमेरिका पर्दछ । हाल अमेरिकासँग मात्रै ८ हजार १३३ टन सुन भण्डारण रहेको छ । अमेरिकाको विदेशी मुद्रा संचितिमा सुनको हिस्सा ७० प्रतिशतभन्दा धेरै छ । यस्तै, दोस्रो नम्बरमा रहेको छ जर्मनी । जर्मनीसँग ३ हजार ३५३ टन सुन भण्डारण छ । तेस्रो धेरै सुन इटलीसँग २ हजार ४५२ टन, फ्रान्ससँग ...
काठमाडौँ । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय सवारीको माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यका साथ एक अभियानको शुभारम्भ गरेको छ । हरित परिवहनको माध्यमबाट महिला सशक्तीकरण भन्ने मूल उद्देश्यका साथ धुलिखेल नगरपालिकाका विभिन्न महिला उद्यमीहरूलाई विद्युतीय सवारीको साँचो हस्तान्तरण गरिएको छ । पर्यावरणीय मैत्री यातायातको बढ्दो माग र आवश्यकतालाई सम्बोधन गर...