साग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र ६.५२६३ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ।
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथ...
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थापनाको नौ वर्ष पूरा गरेको अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेको छ। कम्पनीले भदौ १ गते आफ्नो नवौँ वार्षिकोत्सव मनाएको हो।
वार्षिकोत्सवको अवसरमा कम्पनीले केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै देशभरका शाखामार्फत रक्तदान, वृक्षारोपण, खाद्यान्न वितरण तथा बीमा सचेतना कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।
...
काठमाडौं । सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने प्रस्ताव राष्ट्रिय भेला/सम्मेलनबाट अनुमोदन भएपछि नेपाली कांग्रेसको संस्थापनइतर समूहभित्रै मतभेद देखिएको छ। नेताहरूबीच सहमति नजुटेपछि सम्मेलनका निर्णय सार्वजनिक गर्न तय गरिएको पत्रकार सम्मेलनसमेत रोकिएको छ।
सम्मेलनको समापन सत्रमा अचानक सनातन धर्मसम्बन्धी प्रस्ताव प्रस्तुत गरी ताली बजाएर अनुमोदन गराइएको भन्दै केही नेताहरूले असहमति जनाएका ...