काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि अघि बढाइएको पुरानो छनोट प्रक्रिया रद्द गरिएको छ। अर्थ मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै यसअघि अध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिमार्फत सुरु गरिएको सम्पूर्ण प्रक्रिया खारेज गरिएको जनाएको हो।
मन्त्रालयका अनुसार सिफारिस समितिले २०८२ वैशाख १४ गते प्रकाशित गरेको सूचनाअनुसार सञ्चालनमा रहेको अध्यक्ष छनोट प्रक्रिया सोही ...
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौँ वार्षिक साधारणसभा काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भएको छ।
सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव गरिएको ५.२६३२ प्रतिशत लाभांश पारित गरेको छ। हाल कायम २ अर्ब १५ करोड रुपैयाँ चुक्तापुँजीका आधारमा कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत भएको हो।...
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका थप ३ सय ४ जना साना बचतकर्तालाई रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बुधबार कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई रकम फिर्ता गरेको हो।
समितिका अनुसार कृषि सहकारीका ८८ जना तथा शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २ सय १६ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन्।
यसअघि समितिले कान्तिपुर सहकारीका २ सय १५ जना, शिव श...