काठमाडौं । नेपाल–भारत सीमा नाकाबाट दैनिक उपभोग्य वस्तुमा लगाइँदै आएको भन्सार शुल्क उठाउने सरकारी निर्णयलाई सर्वोच्च अदालतले तत्कालका लागि रोक लगाएको छ। शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा कर असुल्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।
भारतीय बजारबाट किनेर ल्याइने दैनिक उपभोगका सामानमा भन्सार शुल्क लगाउने व्यवस्था...
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म अधिकांश लघुवित्त वित्तीय संस्थाहरूको नाफामा उल्लेखनीय सुधार देखिएको छ। सूचीकृत ५० वटा लघुवित्त कम्पनीहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समग्र क्षेत्रको खुद नाफा गत वर्षको तुलनामा ४३.१६ प्रतिशतले वृद्धि हुँदै ७ अर्ब २४ करोड ४८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा ५ अर्ब ६ करोड ७ लाख रुपैयाँ रहेको थियो...
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा ४ अर्ब ५० करोड रुपैयाँभन्दा बढी बीमा दाबी भुक्तानी गरेको जनाएको छ।
कम्पनीका अनुसार भदौ महिनाको अन्तिम साता भएको ‘जेनजी आन्दोलन’का क्रममा देशका विभिन्न क्षेत्रमा भएका हुलदंगा, तोडफोड तथा आगजनीका कारण पूर्वाधार, उद्योग, व्यापार र व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिबापत मात्रै २ अर्ब ४२ करोड रुपैयाँ भुक्तानी गरि...