बीमा अभिकर्ता संघमा नयाँ कार्यसमिति निर्विरोध चयन
beemaadmin
२०८२ चैत्र २९, आईतवार
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको आठौँ राष्ट्रिय महाधिवेशनबाट ओमबहादुर खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ। चैत २७ र २८ गते सम्पन्न महाधिवेशनले सर्वसम्मत रूपमा समिति गठन गरेको हो।
निर्वाचन परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा दिपक अर्याल चयन भएका छन्। उपाध्यक्ष पदमा महेशदत्त भट्ट, दामोदर गौतम, देवीप्रसाद शर्मा जैशी, शंकरबहादुर कुँवर, सूर्यबहादुर भट्टराई, धुवं गिरी र श...