काठमाडौं । नेपाल सरकारको निर्देशनअनुसार नेपाल बीमा प्राधिकरणले पनि बीमा कम्पनीहरूलाई हप्तामा दुई दिन बिदा दिने व्यवस्था लागू गरेको छ। प्राधिकरणले सूचना जारी गर्दै मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णयअनुसार अब प्रत्येक शनिबार र आइतबार कार्यालय बन्द रहने जनाएको छ।
सूचनाअनुसार अर्को व्यवस्था नभएसम्म सोमबारदेखि शुक्रबारसम्म बीमा कम्पनीका कार्यालयहरू बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने...
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’, र ‘नेपाल विशेष ...
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले अबदेखि शुक्रबार पनि शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्ने उद्देश्यले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्सेले शुक्रबार बजार खुला गर्ने निर्णय लिएको हो । हिजो बसेको नेप्से सञ्चालक समितिको बैठकले साताको पाँच दिन कारोबार गर्ने सुनिश्चित गर्न शुक्रबार बजार खोल्ने निर्णय गरेको हो । अबदेखि आइतबार बजार ब...