विपदका बेला जीवन बीमा क्षेत्रको साथ : कसले कति दिए राहत ?
beemaadmin
२०८३ भाद्र १७, बुधबार
नेपाल अहिले ठूलो प्राकृतिक विपत्तिको सामना गरिरहेको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। बाढीमा परेर कतिपय मानिसको ज्यान गएको छ भने धेरै अझै बेपत्ता छन्। उद्धार, खोजी, उपचार, राहत र पुनःस्थापनाको काम चुनौतीपूर्ण बनेको छ।
यस्तो संकटका बेला सरकारको क्षमता र तयारीमाथि प्रश्न उठिरहेका छन...