काठमाडौं । वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने ब्याजदरको औसत दर ५ प्रतिशतभन्दा तल झरेको छ। सोमबार विभिन्न वाणिज्य बैंकहरूले पुस महिनाका लागि जारी गरेको नयाँ ब्याजदरमा यस्तो देखिएको छ । जारी सूचनाअनुसार कुल २० वाणिज्य बैंकहरूमध्ये १३ वटाले ब्याजदर घटाएका छन् भने बाँकी ७ वटा वाणिज्य बैंकले भने अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । पुस महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधि...
काठमाडौं । सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि मंसिर २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने मंसिर २९ गते अन्तिम दिन रहेको छ। बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने अर्थात १ करोड...
काठमाडौं । मंसिर २९ गते, सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन सुनको मूल्यले हिजो आइतबार बनाएको रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य १ हजार ९०० रुपैयाँ बढेको हो। आइतबार यस्तो सुन प्रतितोला २ लाख ५८ हजार ८०० रुपैयाँम...