काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली करिडोर क्षेत्रमा नेपाल विद्युत् प्राधिकरण तथा उसका सहायक कम्पनीअन्तर्गतका पाँच जलविद्युत् आयोजना तथा सबस्टेसनमा ठूलो क्षति पुगेको छ।
प्राधिकरणका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’, २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्र, १४.१ मेगावाटको देवीघाट जलविद्युत् केन्द्र र २२०/१३२/३३ केभीक...
धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले त्रिशूली नदीमाथिको पुल बगाएपछि सडक सम्पर्कविहीन बनेको धादिङ सदरमुकाम धादिङबेसी वैकल्पिक सडकमार्फत पुनः सडक सञ्जालमा जोडिएको छ।
परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टारस्थित ह्याम्लेट रेष्टुरेन्टसम्म जोडिने वैकल्पिक सडक सञ्चालनमा आएपछि धादिङबेसीसँग बाहिरी क्षेत्रको सडक सम्पर्क पुनः स्थापित भएको हो।
गत बुधबार भ...
काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका श्रमिकको उद्धारका लागि ६ सदस्यीय चिनियाँ विज्ञ टोली घटनास्थलमा खटिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नेपाल सरकारको अनुमतिमा प्राविधिक रूपमा दक्ष चिनियाँ विज्ञ टोलीलाई उद्धार कार्यमा परिचालन गरिएको हो।
अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको उद्धार कार्यलाई प्रभावकारी बनाउन टोलीलाई...