बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्ने भएको छ। आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन तथा बाँडफाँट सम्पन्न गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँ बराबरका...
काठमाडौं । सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
कम्पनीले गत भदौ ३ गते सूचना प्रकाशित गर्दै सीईओ पदका लागि दरखास्त आह्वान गरेको थियो। तर, हाल निलम्बनमा रहेका कम्पनीका सीईओ कपिलकुमार दाहालले नियुक्ति प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
उक...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमा अभिकर्ताहरूलाई गलत तथा भ्रामक प्रचारप्रसार नगर्न निर्देशन दिएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमन पराजुलीले सार्वजनिक सूचना जारी गर्दै नेपाल बीमा प्राधिकरणको निर्देशन तथा कम्पनीको अभिकर्ता आचारसंहिता विपरीतका गतिविधि नगर्न अभिकर्ताहरूलाई सचेत गराएका हुन्। नियम उल्लङ्घन गरी गलत वा भ्रामक प्रचारप्रसार गरेको पुष्टि भएमा प्रच...