काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग भदौ १० गते प्रतिनिधि सभामा हुने प्रश्नोत्तर कार्यक्रममा ११ सांसदले प्रश्न दर्ता गराएका छन्। प्रश्न दर्ताका लागि अधिकतम १५ जनाको सीमा तोकिए पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले आफ्नो कोटाअनुसार प्रश्न दर्ता नगरेपछि ११ वटा प्रश्न मात्र दर्ता भएका हुन्।
रास्वपाका सांसदले सातवटा प्रश्न दर्ता गर्न पाउने कोटा पाए पनि तीनवटा मात्र प्रश्न द...
काठमाडौं । अर्थ समितिको बैठकले नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणको दायरा विस्तार गर्ने निर्णय गरेको छ। समितिले नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषलाई समेत राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणको दायरामा ल्याउने निर्णय गरेको हो।
यस निर्णयसँगै वित्तीय क्षेत्रमा राष्ट्र बैंकको नियमनकारी तथा सुपरिवेक्षकीय भूमिका थप विस्तार हुने भएको छ। यी संस्थाको वित्तीय गतिविधि, जोखिम...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा बजारमा बढ्दै गएको गलत बिक्री अभ्यास (मिससेलिङ) र भ्रामक प्रचारप्रसार नियन्त्रण गर्न सम्पूर्ण जीवन तथा लघु जीवन बीमकलाई कडा निर्देशन जारी गरेको छ। बीमालेख खरिद गरेको केही समयमै सरेन्डर गर्ने प्रवृत्ति बढेपछि प्राधिकरणले बिक्री प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउन खोजेको हो।
बीमा व्यवसाय बीमितको आर्थिक जोखिम हस्तान्तरण तथा वित्तीय सुरक्षासँग प्रत्यक्ष रू...