काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले कुल ५१ अर्ब ९२ करोड २४ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन्। कुल व्यवसायमा मोटर बीमा सबैभन्दा ठूलो हिस्सा ओगट्न सफल भएको छ।
एक वर्षको अवधिमा मोटर बीमाबाट मात्रै १५ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ, जुन कुल व्यापारको २९.८३ प्रतिशत हो।
त्यसपछि सम्पत्ति बीमा दोस्रो ठूलो क्षे...
काठमाडौं । सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा जनस्वास्थ्यविद् डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ। स्वास्थ्य तथा खाद्य मन्त्री निशा मेहताले डा. प्याकुरेललाई बोर्डको अध्यक्षमा नियुक्त गरेकी हुन्। नियुक्तिपछि बिहीबार बिहान उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहताको उपस्थितिमा आयोजित कार्यक्रममा डा. प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिएका हुन्। ...
काठमाडौं । लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको छ। अब मन्त्रिपरिषद्ले सिफारिसमा परेका उम्मेदवारमध्ये एक जनालाई बोर्डको नयाँ सीईओ नियुक्त गर्नेछ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा रहेको सिफारिस समितिले विकास अर्थशास्त्री याङ्की उक्याब, अर्थशास्त्री मनोज पौडेल र अर्थशास्त्री सुमनमानसिंह बस्नेतको ना...